रजनीकान्तसँग ३० वर्षपछि काम गर्दै मिथुन चक्रवर्ती

काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती ७५ वर्षको उमेरमा पनि निरन्तर फिल्ममा सक्रिय छन् । यसैबीच मिथुन चक्रवर्तीको पाइपलाइनमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जैलर २’ मा  देखिने भएका छन् ।

मिथुन चक्रवर्तीले आफैले रजनीकान्तसँग फिल्म ‘जैलर २’ गर्ने कुराको आफैले पुष्टि गरेका छन् । रजनीकान्तसँगको आफ्नो मित्रता र सम्बन्धको बारेमा थप कुरा गर्दै मिथुनले भनेका छन्-‘रजनीकान्तसँग मेरो मित्रता धेरै पुरानो हो । हामी फरक भाषा र उद्योगबाट आएका हौं, तर सधैं हृदयबाट जोडिएका छौं । हालै हामी एक कार्यक्रममा भेट्यौं ।’

रजनीकान्तले ठट्टा गर्दै आफुलाई अब हामीले सँगै केही गर्नुपर्छ भन्नासाथ आफुले हुन्छ भनेको मिथुनले बताएका छन् । मिथुनले  यस महिनाको २५ तारिखबाट फिल्मको छायांकन हुने बताएका छन् । 

रजनीकान्त र मिथुन चक्रवर्ती लगभग ३० वर्षपछि सँगै देखिने भएका छन् । दुवैलाई अन्तिम पटक १९९५ मा बंगाली भाषाको फिल्म ‘भाग्य देवता’ मा सँगै देखाइएको थियो । यस फिल्ममा रजनीकान्तको विशेष उपस्थिति थियो र यो उनको एक मात्र बंगाली फिल्म पनि हो । यसअघि मिथुन र रजनीकान्त १९८९ को हिन्दी फिल्म ‘भ्रष्टचार’ मा सँगै देखिएका थिए । रमेश सिप्पी निर्देशित यस फिल्ममा यी दुई बाहेक रेखा, अनुपम खेर र रजा मुराद पनि मुख्य भूमिकामा देखिएका थिए । यस फिल्ममा रजनीकान्तको पनि विशेष भूमिका थियो । अब लगभग ३० वर्षपछि दुवै ‘जैलर २’ मा फेरि सँगै देखिनेछन् ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 40 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 24 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 47 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 25 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 41 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 27 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग