राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १२:१५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

त्यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आज गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने र प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

  • Related Posts

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    काठमाडौं । राष्ट्रपति रामचन्द पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशका विषयमा संबिधानविदसँग छलफल गर्ने भएका छन् ।  सरकारले एकैपटक विभिन्न ६ अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्नुअघि परामर्श गर्न…

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी…

    पहिलो

    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    • April 30, 2026
    • 23 views
    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    • April 30, 2026
    • 20 views
    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    • April 30, 2026
    • 18 views
    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    • April 30, 2026
    • 12 views
    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    • April 30, 2026
    • 15 views
    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    • April 30, 2026
    • 17 views
    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै