ललितपुर र चित्लाङ आमनेसामने

मनहरी, १८ पुस: बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ । यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ । यसअघि बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गरेका थिए । खेलको दोस्रो हाफको ५६औँ मिनेटमा सिन्धुलीका तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई समान एक गोलको बराबरीमा पु¥याएका थिए । प्रतियोगिता प्रारम्भ भएको ६४औँ मिनेटमा दोलखाका शम्भुजन श्रेष्ठले अर्को गोल गर्दै आफ्नो आफ्नो टोलीलाई विजयी बनाए । उक्त खेलका ‘म्यान अफ द म्याच’ दोलखाका उत्तम खत्री बने । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन्भने उपाधि जित्ने टोलीले रु दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

  • Bishnu Timalsina

    Related Posts

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम