दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ११ श्रावण । प्रहरी चौकी, धोरे ले शनिबार साँझ करिब ०६:३० बजेको समयमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ०१, धोरे स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध इंजेक्शन सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन भेडिअर्वा गाउँ बाट धोरे तर्फ शंकास्पद रूपमा एक जना अपरिचित व्यक्ति पैदल हिंडिरहेको अवस्थामा त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले उक्त व्यक्तिलाई रोकी कानूनी रितपूर्वक खानतलासी गर्दा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ०२, मधुबनी बस्ने वर्ष २२ को दिलिप कुमार सहनीले निलो रंगको झोलामा आलु, प्याजभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा विभिन्न किसिमका नसामा प्रयोग हुने इंजेक्शन बरामद गरिएको छ ।
बरामद गरिएको Buprenorphine Injection I.P. 2 ml NOOPHIN लेखिएको १ सय ५० एम्पुल, DIAZEPAM Injection I.P लेखिएको १ सय ५० एम्पुल र Promethazine Hydrochloride Injection I.P. PHENERGAN लेखिएको १ सय ५० एम्पुल गरी जम्मा ४ सय ५० एम्पुल लागु औषध फेला परेको हुँदा निज दिलिप कुमार सहनीलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय, पोखरिया, पर्सामा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले शनिबार बताएका छन् ।








