वाम घटकसँगको एकता माओवादी केन्द्रबाट अनुमोदन, बैठकमा जनार्दन शर्मा अनुपस्थित

नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गरेको छ ।

आइतबार बिहान पेरिसडाँडामा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक कार्तिक १८ गतेका लागि बोलाएको छ ।

त्यस्तै माओवादी केन्द्रको सचिवालय बैठकमा उपमहासचिव जनार्दन शर्मा अनुपस्थित भएका छन् । आइतबार बिहान पेरिसडाँडामा बसेको सचिवालय बैठकमा नेता शर्मा अनुपस्थित भएका हुन् । शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने धारणा राख्दै तत्काल एकता प्रक्रिया रोक्नुपर्ने बताएर बैठकबाट बाहिरिएका थिए ।

नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी लगायतका पार्टीसंग पार्टी एकता गर्ने अन्तिम तयारी गरेको छ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीबाट माओवादी केन्द्रसहितका दलहरुसँग एकता गर्ने निर्णय गरिसकेको छ । एकता पछि नेकपा समाजवादी नाम राखेर नयाँ दल दर्ता गर्ने तयारी समेत गरिएको छ ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 87 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 117 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-