वायुसेवाहरूले महँगो टिकट नबेच्ने

काठमाडौँ । वायुसेवा सञ्चालक संघ नेपालले सोमबारदेखि बुधवारसम्म सरकारले तोके बमोजिमको लिँदै आएको अपर लिमिटको भाडा दरमा हवाई टिकट नबेच्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष मनोज कार्कीले आइतबार विज्ञप्ति निकालेर विपद्को घडीलाई मध्यनजर गर्दै २०८१ असोज १४ गते सोमवारदेखि असोज १६ गते बुधवारसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडा दरमा टिकट नबेच्ने निर्णय गरिएको जानकारी गराएका हुन । हवाई इन्धन परल मूल्यमै उपलब्ध गराएको अवस्थामा हवाई टिकट अझै सस्तो हुने संघले जनाएको छ ।

हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अवस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकेटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले आग्रह गरेको छ । साथै वायुसेवा सञ्चालक संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रु सेवा शुल्कलगायतका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने उल्लेख गरेको छ । बाढी पहिरोपछि सडक सञ्जाल क्षतविक्षत भएका कारण हवाई मार्गमा यात्रुको अत्यधिक चाप बढेको छ । नजिकिँदो दसैँ र स्थल मार्ग अवरुद्ध हुँदा हवाई सेवा सञ्चालकले भाडा बढाएको भन्दै विरोध भइरहेको थियो ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 39 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 46 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ