विश्व मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेज द्वारा रक्तदान कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २९ कार्तिक । विश्व मधुमेह दिवसको अवसरमा बीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलेज परिसर मै भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेका कलेजका ब्लड बैंकले जनाएको छ ।

“नियमित रक्तदान, स्वस्थ्य हुनुको पहिचान” मूल नारा सहित भएको रक्तदान कार्यक्रमको उद्घाटन कलेजका प्रबन्ध निर्देशक अन्सारीले गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक अन्सारीले रक्तदान गर्नु राम्रो कुरा भएको वताए । उनले रक्तदान जिवन दान भएको भन्दै १८ बर्ष उमेर पुगेकाहरु प्रत्येक ३/३ महिनामा रक्तदान गर्न सक्ने वताए ।

रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पतालका निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सपल डा. के. एन. सिंह, कलेजका एडमिसन एण्ड मार्केटिङ निर्देशक आविद हुसेन अन्सारी, कलेजका भाइस प्रिन्सपल प्रोफेसर डा. रविशंकर गुप्ता, नर्सिङ्ग क्याम्पसकी भाइस प्रिन्सपल बबिता सिंह लगायतको उपस्थिति रहेको थियो ।

कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चौधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद देव, महमद जुनैद, प्रदिप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चौधरी, डा गुरु प्रसाद मैनाली तथा नवल किशोर यादवले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रम स्थल मै कलेजले निःशुल्क मधुमेह रोग शिविर समेत संचालन गरेको थियो, भने रगत लगायका परिक्षणमा १५ प्रतिशत छुट समेत प्रदान गरिएको कलेजले जनाएको छ । यसैगरी विश्व मधुमेह दिवसको अवसरमा बिहिबार अस्पतालका सम्पूर्ण ओविडी टिकेट समेत निःशुल्क गरिएको अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 28 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 38 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ