वीरगंजमा अत्याधुनिक स्किन, हेयर एण्ड लेजर सेन्टर संचालन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ असोज । छालामा आएको कपाल, कोठी तथा ट्याटु हटाउनका लागि वीरगंजमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा आएको छ । वीरगंजको घण्टाघर नजिक संचालनमा आएको सेन्टरको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।

उहाँले सेन्टर बाट प्रदान हुने गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा वीरगंज वासीले प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नु भयो । नयाँ नयाँ व्यवसाय संचालन हुनुले आर्थिक अवस्था चलायमान बनाउने भन्दै उहाँले युवा पुस्ता नविनतम कार्यमा जुट्नु खुसीको कुरा भएको पनि बताउनु भयो । सेन्टरमा अहिलेसम्म वीरगंजमै उपलब्ध नरहेका सेवाहरु हाइड्रा फेसियल, ट्याटु रिमुभर, हेयर रिमुभर, कार्बन लेजर, मोल (कोठी) रिमोभर सेवा उपलब्ध रहेको संचालक आर.पी. जयसवालले जानकारी दिनुभयो । यसकाे साथै आफूहरुले चाँडै नै सि.ओ.टु लेजर सेवा समेत उपलब्ध गराउने तयारीमा जुटेको पनि बताउनुभयो ।

शुक्रबारका दिन १ सय रुपैयाँ मै ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै उहाँले सेवाग्राहीलाई सबै खाले लेजर सेवामा ३० प्रतिशत छुट दिने पनि बताउनु भयो । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, डा. स्मिता झा डा.स्वाती साह लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 41 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 40 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 25 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 98 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 85 views