वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु, ड्रोनमार्फत वीरगंजको भू–तथ्यांक संकलन गरिँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज,०२ कार्तिक । वीरगन्ज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै बैज्ञानिक ठेगाना प्रणाली लागु गर्न ड्रोन मार्फत भू–सर्वेक्षण गर्ने कार्य शुक्रबारबाट सुरु गरेको छ । भू सुशासनका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

नेपाल भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरिएको हो । महानगर प्रमुख सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुवात गर्नु भएको हो । बढ्दो सहरीकरणसँगै जनघनत्व बृद्धि हुँदै गए पनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठीनाई हुँदै आएको थियो ।

भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख सिंहले बताउनुभयो । भू–तथ्यांक व्यवस्थापन भए पछि बैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुँदा समग्र महानगरपालिकाको समृद्धिमा यसले काम गर्ने पनि उहाँले बताउनुभयो ।

युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत यो परियोजना सुरु भएको हो । महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा आजबाट ड्रोन परिचालन भएको छ ।

ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ ।

  • Related Posts

    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

    काठमाडौँ । ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले ११औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । शेर्माले आइतबार बिहान ९ बजेर ३० मिनेटमा ११औं पटक सगरमाथाको सफल आरोहण गर्दै महिला…

    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका…

    पहिलो

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    • May 17, 2026
    • 1 views
    विजय मुख्यमन्त्री बनेपछि  मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 20 views
    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 22 views
    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    • May 17, 2026
    • 21 views
    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    • May 17, 2026
    • 25 views
    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    • May 17, 2026
    • 22 views
    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु