वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, ११ सदस्य मनोनयन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १९ चैत । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ । यस अघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो ।

आज आयोजित एक कार्यक्रम बीच महानगर प्रमुख राजेशमान सिंहले नव मनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा बोल्दै प्रमुख सिंहले समितिको पूर्णता सँगै महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण अंग भएकाले यस क्षेत्र सँग सहकार्य र समन्वयलाई उच्च प्राथमिकतामा राखिने उल्लेख गर्दै समितिका सबै सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

समितिका सदस्यहरूमा क्रमशः क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार (गुप्ता), विरेन्द्र कुमार साह, निर बहादुर पिठाकोटे, ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम तथा मनोज कुमार पटेल रहेका छन् ।

समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यम बीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै प्रभावकारी समन्वय कायम गर्नु, सूचना प्रवाहलाई पारदर्शी, सहज र समयमै जनता सम्म पुर्‍याउनु तथा आमसञ्चार क्षेत्र सँग सम्बन्धित नीति, नियमन र सुधारका विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ ।

समितिको गठन सँगै वीरगंज महानगरपालिकाले सूचना प्रवाह प्रणालीलाई अझ व्यवस्थित, जवाफदेही र जनमुखी बनाउने अपेक्षा गरिएको छ । साथै, सञ्चार क्षेत्रसँगको सहकार्यलाई संस्थागत गर्दै स्थानीय सरकारका गतिविधिहरूलाई विश्वसनीय र प्रभावकारी ढंगले आमनागरिक सम्म पुर्‍याउन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 30 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 39 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 186 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ