वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

ल्हासा । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् ।

चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको बरफ क्षेत्र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सोनी काउन्टीको पुरोग काङ्गरी ग्लेशियरको हिस्सा हो ।

ग्लेशियरहरूले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी समावेश गर्दछन् । यसअघि वैज्ञानिकहरूले गुलियाबाट तीन सय आठ दशमलव छ मिटरको बरफको कोर ड्रिल गरेका थिए । यो सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको थियो ।

वैज्ञानिकहरूले हाल पुरोग काङ्गरी ग्लेशियरबाट बरफको कोर निकालिरहेका छन् । उनीहरूले यो पुरानो बरफ रहेको विश्वास गरेका छन् ।

“वर्तमानमा विश्वभरका हिमनदीहरू पग्लिँदै गएका छन् । एक पटक तिनीहरू पग्लिएपछि तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउनेछन्”, सिएएसका विदेशी शिक्षाविद् र अमेरिकन एकेडेमी अफ साइन्सेसका सदस्य लोनी थम्पसनले भने, “त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकाल्नु र संरक्षण गर्नु महत्त्वपूर्ण छ ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 72 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 64 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 126 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views