शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन सम्पन्न, पार्क सर्वसाधारणका लागि खुला-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २४ जेष्ठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व: पार्क” को रूपमा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

शनिबार सांझ एक विशेष समारोहबीच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर पार्कको उद्घाटन गर्नु भयो । लामो समयदेखि बन्द रहेको यो पार्क फेरि सर्वसाधारणका लागि खुला भएसँगै नगरवासीमा उत्साह देखिएको छ ।

यश अघि १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कलाई अतिक्रमण हटाउँदै विस्तार गरी अहिले करिब २ विघामा फैलाइएको छ । अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रिया चलिरहेको छ । करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको । अब पार्कमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल र प्रभात यात्रा गर्न मिल्ने ट्र्याकसहितको सुविधा उपलब्ध छ ।

यस अघि ‘चिल्ड्रेन पार्क’ भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर शाख्व: को नाममा नामाकरण गरिएको छ ।

उनी नेपालमा पहिलोपटक साझा अर्थतन्त्रको अवधारणा ल्याउने समाजसेवीका रूपमा चिनिन्छन् । वीरगञ्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मानस्वरूप पार्कलाई उहाँको नाममा समर्पण गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार यो पार्क केवल सौन्दर्यकरणको परियोजना मात्रै नभइ, यो वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो हो । उहाँले भन्नुभयो, “शंखधर शाख्व: पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौं । यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पुर्‍याउनेछ ।”

पार्कको चारैतिर सुरक्षाका लागि पर्खाल लगाइएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ । लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए । अब यसको पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्नेछन् ।

शंखधर शाख्व: पार्कको औपचारिक पुनःसञ्चालनसँगै वीरगञ्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव पूर्ति हुने विश्वास गरिएको छ । नगरवासीले यसलाई आफ्नो पार्कझैं संरक्षण र उपयोग गर्ने अपेक्षा नगरपालिकाले राखेको छ ।उद्घाटन कार्यक्रममा वीरगंजका लब्धप्रतिष्ठित व्यतित्व देकी सर्वसाधारण नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    इजरायललाई १२ हजार शक्तिशाली बमसहितका हतियार उपलब्ध गराउने

    काठमाडौँ । अमेरिका- इजरायल र ईरानबीच जारी युद्ध आज आठौँ दिनमा पुगेको छ । यसैबीच अमेरिकाको विदेश मन्त्रालयले इजरायललाई करिब १५ करोड १८ लाख अमेरिकी डलर बराबरका हतियार तथा सैनिक…

    इरानमा सेना पठाउने तयारीमा ट्रम्प !

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैनिक पठाउने सम्भावनाबारे तयारी सुरु गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यम एनबिसी समाचारले विभिन्न स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको…

    पहिलो

    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    • March 10, 2026
    • 24 views
    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    • March 10, 2026
    • 16 views
    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    • March 10, 2026
    • 19 views
    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    • March 10, 2026
    • 24 views
    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    • March 10, 2026
    • 20 views
    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

    • March 10, 2026
    • 19 views
    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द