शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने नगर प्रमुख सिंहको दावी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २१ भदौ । बीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दावी गर्नु भएको छ ।

रेडियो बीरगंज तथा टिभी बीरगंजद्वारा आयोजित जनता जानेके चाहता कार्यक्रममा नगर प्रमुख सिंहले विशेष कुराकानी गर्दै बीरगंजको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर बीरगंजको शैक्षिक अवस्थालाई विगार्ने गिरोहलाई नछाडिने चेतावनी दिनुभयो । आफू कानुन विपरित काम नगर्ने र कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्ध व्यक्त गर्दै जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताउनु भयो ।

शैक्षिक क्षेत्रको सुधारको सुरुवात भएको बताउदै नगर प्रमुख सिंहले ४०/५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल हुने, १५/२० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी पास हुने अवस्था कसरी भयो यसको अन्त्य गरिने बताउनु भयो । आफूले २७ महिना ९ दिन काम गरेको र यस अवधिमा बीरगंजको सरसफाई, सौन्दर्यकरण, हरियाली बीरगंज, शंकराचार्य गेट देखि गण्डक सम्मको अवस्थामा आमूल परिवर्तन इको पार्कको निर्माण जस्ता धेरै काम गरेको दावी गर्नु भयो ।

उहाँले वातावरण प्रयावरण जोगाउन महानगरपालिकाले काम गरिरहेको बताउदै प्रदुषित सिर्सिया नदीलाई स्वच्छ बनाउन फोहोर मिसाउने उद्योगलाई कडा कारवाही सहित जरिवाना गरिएपछि अहिले सिर्सिया नदीको अवस्थामा सुधार आएको दावी गर्नु भयो । नगर प्रमुख सिंहले बीरगंजको माटोलाई उर्वर बनाउने जिम्मा वीरगंजवासीकै भएको बताउदै आफूले गरेका राम्रा कामको पनि विपक्षिहरुले आलोचना गरेको र आलोचना र अवरोधबाट आफू कहिल्यै पछाडी नहटने दावी गर्नु भयो ।

नगर प्रमुख सिंहले बीरगंजको बजार क्षेत्र र ग्रामिण क्षेत्रलाई छुट्याएर समानुपातिक रुपमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य चौकी लगायत विकास निर्माणलाई अगाडी बढाएको दावी गर्दै आफूले बोलेको कुरा पुरा गर्ने र पुरानो बसपार्कको ठेक्का समेत खारेज गरि सकेको बताउनु भयो । उहाँले हाल वीरगंज महानगरपालिकाले आन्तरिक रुपमा ८० करोड राजस्व उठाई रहेको बताउदै संघिय सरकारको विभेदको शिकार महानगरपालिका बनेकोमा आक्रोश व्यक्त गर्नु भयो ।

बीरगंज महानगरपालिका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत बोर्ड सदस्यहरुमा कुनै विवाद नरहेको बताउदै आफूले चुनाव ताका गरेका प्रतिबद्धता र वाचालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाडने दावी गर्नु भयो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views