-दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर नबिल बैंक अगाडि सडक खण्ड बाट स्रोत नखुलेको रु. ४ लाख ३४ हजार सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।उक्त दिन अपरिचित व्यक्ति संकाश्पद रूपमा हिंडिरहेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिइ कानूनी रितपुर्याइ खानतलासी गर्दा निजले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू. ५ सय दरका नोट ८ सय ६८ थान ( जम्मा रू.४ लाख ३४ हजार ) फेला पारी कानून बमोजिम बरामद गरी नियन्त्रणमा लिइ निज बीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष १९ को किशन यादव विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।








