सन्यास तोडेर आमा जन्मिएको देश सामोआका लागि विश्वकप छनौट क्रिकेट खेल्दै टेलर

काठमाडौँ । ४१ वर्षीय न्युजिल्याण्डका पूर्व कप्तान रस टेलरले ओमानमा हुने आगामी एसिया-पूर्वी एसिया-प्यासिफिक टी-२० विश्वकप २०२६ छनोटमा सामोआको प्रतिनिधित्व गर्ने भएका छन् ।

सामोआलाई २०२६ टी-२० विश्वकपको छनोटमा सहयोग गर्न टेलरले आफ्नो सन्यास तोड्दै सामोआबाट खेल्ने भएका हुन् ।

उनले भनेका छन्- केही महिनादेखि तयारी भइरहेको छ, तर स्पष्ट रूपमा आज टोलीको घोषणा भएको छ, त्यसैले, मेरी आमाको जन्म भएको देशको प्रतिनिधित्व गर्न पाउँदा रोमाञ्चक छु । म सधैं पोलिनेसियन समुदायलाई कुनै न कुनै तरिकाले फिर्ता दिन चाहन्थें । मैले सधैं सोचेको थिएँ, यो कोचिङ र अन्य माध्यमहरूमा बढी हुनेछ, मैले कहिल्यै सोचेको थिइनँ कि म सामोआको लागि खेल्नेछु । तर अवसर आएपछि, खेलाडीको रुपमा प्रतिनिधित्व गर्न र सामोआको लागि मेरो उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु ।’ 

नोभेम्बर २०२० मा अन्तिम पटक यस टी-२० खेलेका टेलर न्यूजील्याण्डको पाँचौं सबैभन्दा धेरै टी-२० रन बनाउने खेलाडी हुन् ।

सामोआले विश्वकप छनौटको इस्ट एसिया प्यासिफिकको उप क्षेत्रिय छनौट जितेर एसिया-पूर्वी एसिया-प्यासिफिक टी-२० विश्वकप २०२६ छनोट खेल्न लागेको हो । आगामी अक्टोबर ८ देखि १७ सम्म ओमान हुने छनौट प्रतियोगितामा नेपालसहितका ९ देशले भाग लिदैछन् भने उत्कृष्ट ३ देश विश्वकपमा छनौट हुनेछन् । सामोआ समुह सी मा ओमान र पीएनजीसँग रहेको छ ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 33 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 31 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 82 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 75 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 128 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 143 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-