सफ्टवेयरबाट हार्डवेयरतर्फ ओपनएआई, स्मार्ट उपकरण विकासमा जुट्यो

 च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपन एआई अब केवल सफ्टवेयरमै सीमित नहुने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्पनी एआई-पावर्ड स्मार्ट डिभाइसहरूको नयाँ शृंखला विकासमा सक्रिय रूपमा जुटेको छ । यस अन्तर्गत स्मार्ट ग्लास, स्मार्ट स्पीकर र स्मार्ट ल्याम्प जस्ता उपकरण समावेश हुने बताइएको छ ।

रिपोर्टअनुसार करिब २०० भन्दा बढी कर्मचारीको समर्पित टोलीले यो विशेष परियोजनामा काम गरिरहेको छ ।

ओपनएआईले बजारमा ल्याउने पहिलो हार्डवेयर उत्पादन स्मार्ट स्पीकर हुने जनाइएको छ । यसमा इन-बिल्ट क्यामेरा रहनेछ, जसले प्रयोगकर्ता र वरिपरिको वातावरणलाई अझ प्रभावकारी रूपमा बुझ्न सहयोग गर्नेछ । स्रोतका अनुसार उक्त स्पीकरले वरिपरि राखिएका वस्तुहरू चिन्न सक्ने, टेबलमा रहेका सामग्री पहिचान गर्ने तथा आसपास भइरहेको कुराकानीको सन्दर्भ बुझ्न सक्ने क्षमता राख्नेछ । साथै, यसमा एप्पलको ‘फेस आईडी’ जस्तै फेसियल रिकग्निशन सुविधा पनि रहने बताइएको छ । यसमार्फत प्रयोगकर्ताले अनुहार देखाएरै किनमेल वा भुक्तानी प्रमाणीकरण गर्न सक्नेछन् ।

स्मार्ट स्पीकरको मूल्य करिब ४० हजार नेपाली रुपैयाँसम्म रहने अनुमान गरिएको छ । यसलाई सन् २०२७ को सुरुआतसम्म बजारमा ल्याउने तयारी रहेको जनाइएको छ ।

त्यस्तै स्मार्ट ग्लासको क्षेत्रमा हाल मेटा प्लेटफर्मसको दबदबा छ । ओपनएआईका स्मार्ट ग्लास सन् २०२८ सम्म सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । स्मार्ट ल्याम्पको प्रोटोटाइप तयार भइसके पनि उपभोक्ता बजारमा ल्याइने विषयमा अझै स्पष्ट निर्णय भएको छैन ।

हार्डवेयर क्षेत्रमा बलियो उपस्थिति बनाउन ओपनएआईले गत वर्ष एप्पलका पूर्व चर्चित डिजाइनर जोनी इभको स्टार्टअप ‘आईओ प्रोडक्ट्स’ लाई ६.५ अर्ब डलरमा अधिग्रहण गरेको थियो । एप्पलका धेरै प्रमुख उपकरणहरूको डिजाइनमा मुख्य भूमिका खेलेका आइभ अहिले ओपनएआईका नयाँ हार्डवेयर परियोजनाको नेतृत्व गरिरहेका छन् ।

यद्यपि, परियोजनाको यात्रा सहज देखिँदैन । एआई-आधारित उपकरण सञ्चालनका लागि उच्च कम्प्युटिङ शक्ति आवश्यक पर्ने भएकाले प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू सामना गर्नुपर्ने अवस्था छ ।

सबैभन्दा ठूलो प्रश्न भने प्रयोगकर्ताको गोपनीयता हो । निरन्तर ‘हेर्ने’ र ‘सुन्ने’ क्षमतायुक्त उपकरणप्रति उपभोक्ताको विश्वास जित्नु कम्पनीका लागि कठिन चुनौती बन्न सक्ने विश्लेषकहरूको भनाइ छ । ओपनएआईको यो कदम एआई प्रविधिलाई दैनिक जीवनका उपकरणसँग जोड्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ ।

  • Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै

    अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ ।…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 13 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 16 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 20 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 11 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 24 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि