सम्पत्ति छानबिन आयोग गठनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग गठनविरुद्धको रिटमा अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको छ । 

अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रत्यर्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति छानबिन आयोग र आयोगको अध्यक्षसमेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

रिटमा निवेदक सिलवालले आयोग गठनले संवैधानिक सर्वोच्चता र विधिको शासनको मर्म र भावना प्रतिकूल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकार हनन भएको दाबी गर्दै रिटदायर गरेका थिए । 

सरकारले बैशाख २ मा सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको सम्पत्ति छानबिन आयोग गठन गरेको थियो । 

  • Related Posts

    कति छ महावीर पुनको सम्पत्ति ?

    काठमाडौं । म्याग्दीबाट प्रतिनिधि सभाका सांसद बनेका महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् । सांसद पुनले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् । उनले आफ्नो सम्पत्ति…

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ ।  काँग्रेस संसदीय दलका नेता  भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको…

    पहिलो

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 9 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 11 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 9 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    • April 29, 2026
    • 9 views
    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    • April 29, 2026
    • 10 views
    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने

    • April 29, 2026
    • 13 views
    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने