सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बरहथवा (सर्लाही), १६ पुसः–नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम