सशस्त्र प्रहरीका डीआईजी ढकाल द्वारा चार वटा जिल्लाको अनुगमन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १८ कार्तिक । मधेस प्रदेश स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबास द्वारा आज यहाँका सिमावर्ती क्षेत्रमा निरीक्षण तथा स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरु संग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

मधेस प्रदेश का सशस्त्र प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल ले यस प्रदेशका ४ वटा जिल्लाहरू सर्लाही, रौतहट, बारा र पर्साका ४ वटै प्रमुख जिल्ला अधिकारीहरु, गण तथा विभिन्न प्रस्तावित सीमा सुरक्षा गुल्म, बी. ओ. पी. लगायत सुरक्षा बेस हरुको निरीक्षण गर्नुको साथै आवश्यक निर्देशन पनि दिनु भएको छ ।

यसै गरि सीमा क्षेत्रमा रहेका विभिन्न वडा तथा गाउँ पालिका का जनप्रतिनिधिहरु लगायत संचारकर्मीहरु संग भेटघाट तथा छलफल गरि आवश्यक जानकारी समेत लिनु भएको छ ।

साथै आजै आउनु भएका जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहाल संग भेटघाट गरि पर्सा जिल्लाको सुरक्षा स्थिति बारे जानकारी पनि गराएका कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले कालो झोला लाई बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…

    पहिलो

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 23 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 25 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 26 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 27 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 25 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?

    • April 14, 2026
    • 31 views