सशस्त्र प्रहरी, पर्सा द्वारा लाखौं मूल्य बराबरको भन्सार छलिका सामान बरामद, सबै सामानहरु अलौं नाका बाट भित्रिएको श्रोतको दावी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज तथा बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोली ले विशेष सूचनाको आधारमा बिहीबार बीरगंज महानगरपालिका वडा नं. १२, मुर्ली बाट लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेका छन् ।

उक्त दिन बिरगंज गुल्म बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा उल्लेखित स्थानमा भारत बाट अबैध रुपमा भन्सार छली ल्याई खुर्सेद अंसारीको घरको पछाडी कोठामा लुकाई छिपाई गोदाम गरी राखेको रु. १६ लाख २५ हजार ४ सय बराबरको बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँत माझ्ने ब्रस बरामद गरी आवश्यक कारवाहिको लागि शुक्रबार बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ ।

यसै गरि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय ,पर्सा बाट खटिएको टोलीले बिरगंज महानगरपालिका वडा नं. २५, चण्डाल चोक स्थित सडक खण्ड मा आकस्मिक चेक प्वाईन्ट थापि चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली BR-05-U 4210 नम्बरको मोटरसाईकलमा लोड गरि अलौं नाका भएर नेपाल तर्फ ल्याउदै गरेको रु. ८६ हजार २ सय बराबरको कपडा र किराना सामान बररामद गरि मोटरसाइकल को भन्सार मुल्य रु. १ लाख ५० हजार मुल्याङ्कन गरि जम्मा रु. २ लाख ३६ हजार २ सय बराबरको मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

सामाचार श्रोतका अनुसार यी सबै विभिन्न किसिमका सामानहरु बीरगंज महानगरपालिका वडा नं. १७, अलौं नाका बाट अबैध रुपमा भित्रिएको छ ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 49 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 29 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 55 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 104 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 89 views