सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको पिकअप सहित कपडा, मोटरसाईकल तथा खसी बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ भाद्र । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले सोमबार साँझ करिब ०५:३५ बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ०९, स्थित पानगली बाट लाखौं मूल्य बराबरको पिक अप सहित विभिन्न किसिमका कपडाहरु आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ०९ जनाको गाडी मोबाइल टोलीले भारत बाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई नेपालमा ल्याई ना. ४ च ६३७९ नम्बरको पिक अप गाडिमा लोड गरिरहेको अवस्थामा अन्दाजी मुल्य रु. १४ लाख ४९ हजार ८ सय बराबरको कपडा र जुता तथा अन्दाजी मुल्य रु. २० लाख बराबरको पिक अप गरि जम्मा मुल्य रु. ३४ लाख ४९ हजार ८ सय बराबरको कपडा बोलेरो गाडि छाडि ब्यक्तिहरु भागी गएको हुँदा उक्त बोलेरो पिक अप र कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसै गरी सोही गुल्म बाट खटीएको अर्को टोलीलेबीरगञ्ज महानगरपालिका का बिभिन्न ईलाका बाट रु. २ लाख १६ हजार ५ सय ५० बराबरको कपडा,किराना सामानहरु र खसी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

साथै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ बाट खटिएको टोलीले बिरंगज म.न.पा. १७ अलौ चौक बाट रु. १ लाख ४१ हजार ९ सय ३० बराबरको मोटरसाईकल सहित किरानाका सामान नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 53 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views