सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा भारी मात्रामा प्रतिबन्धित लागु औषध (NITRAVET-10) बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० पौष । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती ईलाकाबाट हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसारका घटनालाई निस्तेज तुल्याउने अभियानलाई तिव्रता दिदै आईरहेको छ । सीमा ईलाकामा कुनै पनि किसिमको अवैध सामाग्री भित्रिन नदिन प्रभावकारी सुरक्षा परिचालन मार्फत कडा निग्रानी राख्दै त्यस्ता सामाग्री भित्रिएमा तुरुन्तै कानुनी कारवाही गर्दै आईरहेको छ ।

लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियान कै रुपमा संचालन गरिरहेको यस सशस्त्र प्रहरी बल नेपाल, पर्साले विभिन्न समयमा पर्सा जिल्लाका विभिन्न स्थानहरुबाट भारी मात्रामा लागुऔषध बरामद गरी सम्बन्धित कार्यालयमा बुझाउदै आईरहेको छ ।

गत मंसिर महिनामा मात्र विभिन्न स्थानहरुबाट ३ सय २३ के. जी. प्रतिबन्धित लागु औषध गाँजा र पौष ०९ गते विन्दबासिनी गापा-५ प्रसौनिभाठा स्थित धुताहा खोलाबाट १ सय २० के. जी. प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

सोही क्रममा आज सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंज बाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा बोरा भित्र राखेको ७ सय ३८ पता मा (११ हजार ६८ गोटा ट्याब्लेट) नाईट्राभेट (NITRAVET-10) प्रतिबन्धित लागु औषध फेला पारेकोमा उक्त लागु औपध बरामद गरी आवश्यक कारवाहिको लागि प्रहरी चौकी, ईनर्वामा बुझाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 51 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ