सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ भदौ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले बुधबार लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ ।

बुधबार त्यहाँ बाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वा स्थित भारत बाट नेपाल प्रवेश गर्ने विभिन्न सीमा नाकाहरु बाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी तथा स्वयम् व्यक्तिले पैदल बोकेर नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. १० लाख ५६ हजार ३ सय ३० बराबरको किराना सामान, कपडा, जुत्ता, मोवाईल पार्टस र कम्प्युटर पार्टस बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको छ ।

यसै गरी आजकै मितिमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अमरपट्टी बाट खटिएको टोलिले विन्दवासिनी गाउँपालिका वडा नं. ०३, छठ घाट बाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको रु. ७६ हजार ९ सय ८० बराबरको कपडा बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views