सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा भन्सार छलीका लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान, हुन्डीको नगद र भारतिय कार सहित दुई जना मानिसलाई भन्सार दाखिला-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा बाट खटीएको टोलिले सोमबार बीरगंज महानगरपालिका वडा नं. १५ स्थित रहेको प्रतिमा चोकबाट भन्सार छलि ल्याई बिभिन्न सार्वजनिक सवारी साधन (बस) हरुमा लोड गरी लुकाई छिपाई काठमाण्डौ तर्फ लैजादै गरेको रु. ११ लाख ५८ हजार ७ सय ७० बराबरको खजुर, कपडा तथा बिभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामनहरु बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसै गरी आजै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट खटीएको टोलीले  रु. १ लाख ३० हजार बराबरको भन्सार छलीका सामान बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसै गरी सोहि गुल्म बाट खटीएको टोलीले  प्रज्ञापन पत्र एवं सुबिधा पास समेत नभएको MP 04 CK 7441 नंबरको भारतिय सवारी साधन कारलाई बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेन गेट नजिक बेवारिसे अवस्थामा पार्किङ् गरी राखेको अवस्थामा नियन्त्रणमा लिई मुल्य रु. ४० लाख भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

साथै आजै नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट खटीएको चेक प्वाइन्ट डिउटी टोलीले बिरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेन गेट स्थित चेकप्वाईन्ट बाट भारत बाट नेपाल तर्फ आउदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकल लाई शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाइकल मा सवार बीरगंज महानगरपालिका वडा नं. ०२ बस्ने अन्दाजी बर्ष ५० को पुरुष र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ४५ की महिलाले झोला र कम्मरमा लुकाई छिपाई बिरगंज तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया रु. ८ लाख भेटिएकोले उक्त नगद सहित मोटरसाइकल को रु. २ लाख मूल्यांकन गरि ब्यक्तिहरु समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 53 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views