‘सामाजिक व्यवहारमा सुधार आवश्यक छ’

काठमाडौँ । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला तथा बालिकामाथि भइरहेको सामाजिक व्यवहार सुधार जरुरी रहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले भने, “सामाजिक व्यवहार सुधार गर्न सामूहिक प्रयत्नको खाँचो पर्दछ ।”

कार्यक्रममा बालविवाह र उमेर नपुगी गरिने विवाह न्यूनीकरणका लागि स्थानीय प्रणाली सुदृढीकरण परियोजनाका क्रममा भएका सिकाइ र अनुभव आदानप्रदान गरिएको थियो । बालविवाह रोक्ने नेपाल सरकारको नीतिमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा ‘ब्रेक थ्रु एक्सन’ले मधेस प्रदेशमा सन् २०२० देखि २०२४ सम्म बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण (आरसीइएफएम) परियोजना कार्यान्वयन गरेको थियो ।

स्थानीय सरकारको बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन गर्ने क्षमता सुदृढ गर्ने कार्यादेश अनुरूप यो परियोजनाले समुदायमा आधारित, सर्वपक्षीय समन्वय तथा तथ्यमा आधारित बालबालिकालाई बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहबाट जोगाउनका लागि स्थानीय प्रणाली सुदृढ गर्ने काम गरेको छ ।

परियोजनाले रौतहटको दुर्गा भगवती गाउँपालिका र राजपुर नगरपालिका तथा महोत्तरीको जलेश्वर, मटिहानी, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिका गरी छ पालिकासँग सहकार्य गरेको थियो । बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण गर्न गाउँ/नगरपालिका तथा वडाका जनप्रतिनिधि, धार्मिक र सामुदायिक अगुवा, स्थानीय एवं वडा बाल अधिकार समितिका सदस्य, अभिभावक, शिक्षक र किशोरीले पहिलो पटक सहकार्य गर्दै यो अभियानको नेतृत्व गरेका छन् ।

मधेस प्रदेशमा ‘ब्रेक थ्रु एक्सन’को स्थानीय प्रणाली–सुदृढीकरण परियोजनाले कार्यान्वयनको तीन वर्षको अवधिमा नगरपालिकाहरूलाई बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि बाल संरक्षण प्रणालीसहित क्षमता अभिवृद्धि तथा परामर्श दिएर दुई हजार पाँच सय नौ सामुदायिक सरोकारवालालाई परिचालन गर्न सहयोग गरेको थियो ।

सोही अवधिमा गाउँ/नगरपालिका तथा वडाले सञ्चालन गर्ने गतिविधिमा सक्रिय रूपमा सहभागी हुन ६८ बाल क्लबलाई सहयोग प्रदान गरेको छ । अनुभव आदानप्रदान कार्यक्रममा पालिकाहरूले गरेको कामका लागि सम्मान गरिनुका साथै पालिकाबाट आएका विभिन्न सरोकारवालाले आफ्ना अनुभव बताएका थिए ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 73 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 54 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 57 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार