सोलु हाइड्रोपावरको आइपिओ आजदेखि खुला

सोलु हाइड्रोपावर लिमिटेडको आजदेखि आइपिओ निष्कासन गरेको छ । 

कम्पनीले सर्वसाधारणका लागि ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आजदेखि खुला भएको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा माघ ४ गते र पर्याप्त आवेदन नपरेमा माघ १४ गतेसम्म खुला हुने छ । 

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १ करोड कित्ता स्थानीयका लागि निष्कासन गरेको सेयरको प्रिअलटमेन्ट गरिसकेको छ । कम्पनीले १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । 

कम्पनीले आइपिओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट आइआरएन डबल बी इस्यूअर रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपिओमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, मेरो सेयर अनलाइनबाट पनि आइपिओमा आवेदन दिन सकिन्छ ।

  • Related Posts

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 111 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 27 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 27 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 27 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 25 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 26 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल