स्वतन्त्र मानव अधिकार समाज द्वारा बीमनपा का ७ वटा विधालयहरु मा अनुगमन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १४ भाद्र । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय, बीरगञ्जले चार दिन देखि नियमित रुपमा बीरगञ्जका बिभिन्न ७ वटा सामुदायीक विद्यालयहरुमा स्थलगत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा विद्यालयहरुले बाल बिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिइने नास्ताको विषयमा समाजको गम्भिर ध्यानाकर्षण भएको हुँदा अनुगमनलाई तिव्रता प्रदान गरेको छ । सो अवसरमा अनुगमनका क्रममा श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवाले २०८१ साउन महिना देखि २०८१ भदौ १४ गते सम्ममा बालबालिकाहरुलाई प्रदान गर्नु पर्ने नास्ता वितरण नगरेको अवस्थामा श्री नेपाल रेल्वे माध्यमिक विद्यालयले, भने भदौ ९ गते देखि १४ गतेसम्म नास्ता वितरण नगरेको अवस्था कायमै रहेको छ ।

यसै क्रममा श्री ताराचन्द किशनलाल आधारभूत विद्यालयमा भदौ ९ गते देखि ११ गते सम्म नास्ता वितरण नगरिएको र १२ गते विस्कुट वितरण गरिएको थियो । अनुगमनका क्रममा श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय र श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय एवम् जे. पि. चर्तुबेदी स्कुलमा भने नास्ताको नियमित रुपमा वितरण गरिएको पाईएको छ ।

नास्ताका सम्बन्धमा बीरगञ्ज महानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयहरुलाई प्रति विद्यार्थी रु. १५/- का दरले नास्ताको रकम प्रदान गर्दै आईरहेको अवस्थामा विद्यालयहरुले मनलागे नास्ता दिने, नलागे नास्ता नदिने उजुरी स्वतन्त्र मानव अधिकार समाजको कार्यालयमा आएपछि समाजले अनुगमनलाई तिव्रता प्रदान गरेको र आउँदा दिनहरुमा पनि समाजले बाँकी अन्य सामुदायिक विद्यालयहरुमा अनुगमन गर्दै जाने नै छ, भने कुरा समाज का सभापति कृष्ण कुमार खनाल ले बताएका छन् ।

सोहि प्रकार समाजले बीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच विषयमा समेत स्थलगत रुपमा निरिक्षण गरेको छ । उक्त अवसरमा सामान्य रुपमा पनि घरायसी सामानहरुमा भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो हस्तक्षेप भएको ठम्मयाइ समाजले पाएको छ । चर्को घाममा नागरिकहरुसंग गरिनु पर्ने व्यवहारमा कठोरता नभइ सहजताका रुपमा सशस्त्र प्रहरीहरु प्रस्तुत हुनु पर्ने समाजको आग्रह रहेको छ । चेकजाँचको नाउँमा नागरिकहरुलाई अनाहक ढंगले दुःख नदिई सहजताको साथ गरिदिन समाज हार्दिक अनुरोध पनि गरेको छ ।

यसरी अनुगमन टोलीमा समाजका सभापति कृष्ण कुमार खनालको नेतृत्वमा, उपसभापति नन्दि किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष मिश्रा, कोषाध्यक्ष उर्मिला कुशवाहा, सहकोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य द्वय सोनालाल गुप्ता तथा विक्की सिंहको उपस्थिति रहेको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views