ह्यात होटलले हटायो सबै कर्मचारी

काठमाडौं । पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ । ह्यात रिजेन्सी होटलका महाप्रबन्धक आशिष कुमारले सुचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागु हुने गरि सम्पूर्ण कर्मचारीलाई कटौती गरेको जानकारी दिएका हुन् ।

उनले भदौ २४ गते होटलमा भएको आगजनी र लुटपाटपछि मर्मत गर्न करोडौं खर्च हुने र होटलको आर्थिक अवस्था नाजुक बनेको तथा भदौ २४ मा होटलको चौथो तलाबाट हाम फालेर घाइते भएका विदेशी पर्यटकको मृत्यु भएपछि अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।

ह्यात रिजेन्सी होटलको श्रमिक कटौति सम्बन्धी सुचना :

उपरोक्त सम्वन्धमा मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा यस होटलमा आपराधिक समुह प्रवेश गरी होटलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु गरेको कारण सोही दिनबाट यस होटल पुर्ण रुपमा बन्द रहेको व्यहोरा सम्पुर्ण श्रमिकहरुलाई अवगत नै छ । होटलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटल क्षेतिग्रस्त भई पुर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटलको मर्मत सम्भार नहुँदासम्म होटल पुर्ण रुपले बन्द रहने व्यहोरा सम्पूर्ण श्रमिकहरूलाई पुनः जानकारी गराउन चाहन्छौं। भाद्र २४ को घटनाका क्रममा होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकि ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिहरूको लगेज तथा सरसामानहरू समेत आपराधीक समुहले लुटपाट तथा आगो लगाएकोमा सो घटनाले अन्तराष्ट्रिय जगतमानै होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव पारेको व्यहोरा सबैलाई अवगत नै छ ।

भिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ । यस परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधी भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ ।

यस परिस्थितिमा श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरु सँग छलफल समेत गर्दा कुनै निष्कर्शमा पुग्न सकेको अवस्था छैन। होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यबस्थापन गर्नु पर्ने एवं यस अवधीमा संचालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पुर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२।०८।२२ गते देखी लागु हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ ।

  • Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 51 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 121 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 139 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views