११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउन महावाणिज्य दूतावास द्वारा तैयारी शुरू-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ जेष्ठ । ११ औं अन्तर्राष्ट्रिय योग दिवस-२०२५ को प्रचार प्रसारको लागि भारतको महावाणिज्य दूतावास, वीरगंज (नेपाल) द्वारा पोखरिया नगरपालिका र जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियाको सहकार्यमा एक योग कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रम शारीरिक एवं मानसिक स्वास्थ्य र आध्यात्मिक कल्याणको लागि योगका अपार फाइदाहरूको बारेमा मानिसहरूमा जागरूकता फैलाउने वाणिज्य दूतावासको पहलको एक हिस्सा हो ।

मंगलबार आयोजित कार्यक्रममा स्थानीय राजनीतिकर्मी, जिल्ला उच्चङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियाका विद्यार्थीहरू, शिक्षकहरु, नागरिक समाजका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति र पोखरिया नगरपालिकाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान प्रमुख अतिथिको रूपमा तथा पूर्व मेयर दीप नारायण रौनियार पनि विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए ।

यसै गरि भारतका महावाणिज्यदूत देवी सहाय मीना ले आफ्नो संबोधनमा दैनिक जीवनमा योग अभ्यासका फाइदाहरूको बारेमा उल्लेख गरेका थिए । उहाँले यस वर्षको अन्तराष्ट्रिय योग दिवसको थिम अर्थात् ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ को महत्त्वबारे प्रकाश पार्नु भयो ।

त्यसै गरि पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान ले आफ्नो मन्तव्यमा मानव जीवनलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन योग र आयुर्वेदको महत्त्वमा जोड दिनु भयो । उहाँले नियमित रूपमा प्रत्येक घरमा योग अभ्यास गर्नु पर्ने विचार व्यक्त पनि गरेका छन् ।

आयोजित योग कार्यक्रममा २ सय ५० भन्दा बढी व्यक्तिहरूले उत्साहपूर्वक भाग लिएका कुरा भारतिय महावाणिज्य दूतावास, बीरगंज का सूचना अधिकारी वाणिज्यदूत मनिष कुमार दासले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि