१३ नम्बर गण, पर्सा द्बारा भारी मात्रामा प्रतिबन्धित लागु औषध गाँजा बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्साले सीमावर्ती ईलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार-पसारमा कडा निगरानी राख्दै Intelligence Led Operation हरु तिब्र रुपमा संचालन गर्दै आईरहेको छ ।

सोही क्रममा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले लागु औषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागु औषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरुप पर्सा जिल्लामा प्रभावकारी रुपमा लागु औषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ ।

सोही क्रममा विशेष सुचनाको आधारमा मंगलबार पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०५, बटसौरा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेती ईलाकामा परालको कुन्यु भित्र लुकाई छिपाई राखेको २ सय १३ किलो ग्राम (दुई क्वीन्टल तेर्‍ह किलो ग्राम) २० वटा पोकामा प्याक गरिएको अवस्थामा) गाँजा बरामद गरिएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 29 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 55 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 45 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 82 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 77 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-