१५ देशका ऊर्जा विशेषज्ञको सहभागितामा काठमाडौँमा सुरु भयो पावरकन सम्मेलन

काठमाडौँ । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरूको संस्था आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।

पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १०० प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिए । पावरकन नामले चिनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ऊर्जा प्रणालीसम्बन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै आई ट्रिपल ई-पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले यो सम्मेलनले ऊर्जा क्षेत्रमा अहिले भइरहेका र भोलि हुने परिवर्तनले भविष्यको पुस्तालाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयलाई दिशा निर्देश गर्ने बताइन् । यो संसारभरिका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने महत्त्वपूर्ण कार्यक्रम भएको उनले बताइन् ।

अष्ट्रेलियन इनर्जी मार्केट अपरेटरका रणनीतिक सल्लाहकार डिन सर्राफीले अहिलेको विश्व ऊर्जा संक्रमणको चौबाटोमा रहेको बताए ।

यस्ता परिवर्तनबारे जान्न र भोलिको भविष्यमा के गर्ने भन्नेबारे छलफल गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने उनले बताए ।

आईट्रिपलई-पीईएसका भाइस प्रेसिडेन्ट निर्मल नायरले ऊर्जा क्षेत्रका चुनौतीपूर्ण विषयहरूमा विद्यार्थीहरूलाई पारंगत बनाउन आईट्रिपले इन्जिनियरहरूलाई छात्रवृत्ति दिइरहेको जानकारी दिए ।

ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय ऊर्जा अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरका अध्यक्ष प्रा. नवराज कार्कीले यति महत्त्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा रहेको बताए ।

चाइनिज सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियरिङ र आई ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीको पहलमा सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरूमा आयोजना हुने गरेको छ । अहिले काठमाडौँमा यसको १६औँ संस्करण भइरहेको हो ।

  • Related Posts

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 65 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 48 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 39 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 60 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 114 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 92 views