७७ औं गणतन्त्र दिवस समारोह भारतीय महावाणिज्य दूतावास, वीरगंज मा देशभक्तिको जोश र उत्साहको साथ सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२, माघ । भारतको महावाणिज्य दूतावास, बीरगंज द्वार आफ्नो परिसर भित्र आज भारतको ७७ औं गणतन्त्र दिवस समारोहको आयोजना गरेको थियो । कार्यक्रमको सुरुवात महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा फहराएर गर्नु को साथै भारतको राष्ट्रपति द्वारा पठाईएको सन्देश पनि वाचन गर्नु भएको थियो ।

कार्यक्रममा विशेष शिक्षा विद्यालय सहित १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति गरेका थिए । उनीहरूको मनमोहक प्रस्तुतिले दर्शकहरूलाई मोहित बनाएको थियो र देश भक्तिको उच्च भावना सहित मनोरञ्जन प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बीरगंज महानगरपालिका का मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, बीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, कविहरु, स्थानीय व्यापारीहरू, नेपाल-भारत मैत्री संघका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक र शिक्षक/शिक्षिका, विद्यार्थीहरू आदि लगायत विभिन्न क्षेत्रका लगभग ५ सय जना भन्दा बढीको उपस्थित रहेको थियो ।

गणतन्त्र दिवस समारोह बाहेक, वाणिज्य दूतावास परिसर भित्र भारतको राष्ट्रिय गीत “वन्दे मातरम्” को १५० औं वार्षिकोत्सव अन्तर्गत राष्ट्रीय गीत प्रदर्शनी पनि आयोजना गरिएको थियो ।

प्रदर्शनीमा विशेष गरी स्कूलका विद्यार्थी तथा शिक्षक / शिक्षिकाहरू लगायत आम जनमानसहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views