९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको छ ।

बुधबार आयोग परिसरमा आयोजित कार्यक्रममा केन्द्रका सचिवले प्रतिवेदन प्रमुख आयुक्त समक्ष बुझाएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख आयुक्त प्रेम कुमार राईले कानुनअनुसार समयमै प्रतिवेदन पेस गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिए । उनले सम्पत्ति विवरण नबुझाउने कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनुपर्ने र यसको मूल्याङ्कन कार्यसम्पादनसँग जोडिनु आवश्यक रहेको बताए।

त्यसैगरी उनले अवकाशमा जाने कर्मचारीले अवकाशपत्र लिनुअघि नै सम्पत्ति विवरण अनिवार्य भर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । साथै सातै प्रदेश र मन्त्रालय तहमा सम्पत्ति विवरण भर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।

उक्त अवसरमा ७ भाग र ४ वटा अनुसूची सहित कुल २९८ पृष्ठको प्रतिवेदन पेस गरिएको थियो। केन्द्रका सचिवले प्रतिवेदनका मुख्य विवरणबारे जानकारी गराएका थिए ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय तहमा सम्पत्ति विवरण बुझाउने दायित्व भएका कुल ७ लाख ६७ हजार २२८ जनामध्ये ७ लाख ६२ हजार ३३ जनाले समयमै विवरण बुझाएका छन्, जुन करिब ९९.३२ प्रतिशत हो । बाँकी ५ हजार २६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको प्रतिवेदनमा उल्लेख छ ।

तीन तह मध्ये प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउनेको दर सबैभन्दा बढी १.९४ प्रतिशत रहेको देखिएको छ ।

प्रतिवेदनले पछिल्ला वर्षहरूमा सम्पत्ति विवरण नबुझाउनेको संख्या घट्दै गएको पनि देखाएको छ । समयमै विवरण नबुझाउने सार्वजनिक पदधारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने आयोगले जनाएको छ ।

  • Related Posts

    राजश्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दायर

    काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार…

    अध्यागमनसम्बन्धी विधेयकमा सात दिनभित्र सुझाव दिन आग्रह

    काठमाडौँ । सरकारले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग…

    पहिलो

    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    • May 13, 2026
    • 20 views
    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    • May 13, 2026
    • 23 views
    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    • May 13, 2026
    • 22 views
    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    • May 13, 2026
    • 22 views
    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    जबरजस्ती करणीको अभियोगमा पक्राउ

    • May 13, 2026
    • 21 views
    जबरजस्ती करणीको अभियोगमा  पक्राउ