दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगन्ज, ३२ श्रावण । नेकपा एमाले पर्साले ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा संयोजकलाई आज मनोनयन पत्र प्रदान गरेको छ ।
पर्सा जिल्ला कमिटीको दोश्रो बैठकले मनोनीत गरेको क्षेत्रीय समन्वय कमिटी संयोजकहरुलाई शुक्रबार पार्टी कार्यालयमा जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माले मनोनयन पत्र प्रदान गर्नु भयो । यस अधि जिल्ला कमिटीको सचिव तथा संगठन विभागको प्रमुख महेश दासको अध्यक्षता मा संगठन विभागको बैठक भएको थियो । बैठकमा उप सचिव नविजान मियाँ र सीता लामा सहित सबै क्षेत्रीय समन्वय कमिटी संयोजकहरुको उपस्थिति थियो ।

सोमबार जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा मानदेव हजरा, २ मा मनोज कुमार कुशवाहा, ३ मा फरमान मियाँ अन्सारी र ४ मा मदिस मियाँलाई क्षेत्रीय समन्वय कमिटी संयोजकमा मनोनयन गरेको थियो ।
यसैगरी क्षेत्र न १ को ‘क’ मा बाबुराम खनाल तथा ‘ख’ मा सुरेश गुप्ता , क्षेत्र न २ को ‘क’ मा तैयव मियाँ तथा ‘ख’ मा ओम प्रकाश गुप्ता , क्षेत्र न ३ को ‘क’ मा रामबाबु यादव तथा ‘ख’ मा कौशल साह गोढ र क्षेत्र न ४ को ‘क’ मा रामप्रीत महतो तथा ‘ख’ मा बीरेन्द्र साह कानुलाई प्रदेश सभा क्षेत्रीय समन्वय कमिटीको संयोजकमा मनोनयन गरेको थियोे ।








