गण्डकी गाउँपालिकाद्वारा सेवा केन्द्र विस्तार

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुई वटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार र वडा नं ६ को पल्लोटारमा सेवा केन्द्र विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए ।

स्थानीय सरकारले प्रदान गर्ने सेवा प्रवाहमा सहज पहुँच पुग्न नसकेका क्षेत्रमा गाउँपालिकाले सेवा केन्द्र थप गरेको उनले बताए। “थप गरिएका सेवा केन्द्रबाट तोकिएको दिनमा वडा कार्यालयबाट उपलब्ध हुने सबै प्रकारका सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ”, अध्यक्ष तिमिल्सेनाले भने, “अब सेवाग्राहीले धाएर वडा कार्यालयसम्म पुग्नु पर्दैन ।”

घरदैलोमा सेवा प्रवाह पुर्‍याउँदै नागरिकलाई वास्तविक रूपमा स्थानीय सरकारको भएको अनुभूति गराउने उद्देश्यसहित वडा कार्यालयबाट टाढा रहेका स्थानमा सेवा केन्द्र थप गर्दै लगेको हो । गाउँपालिकाले वडा नं २ मा पशुपति प्रजा प्राविको भवन र वडा नं ६ मा भैरवी कृषि सहकारी संस्थाको भवनबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष तिमिल्सेनाले बताए ।

“टाढासम्म धाएर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य गर्दै जाने र जनताको घरदैलोमा सेवा पुर्‍याउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, यसले मात्र जनतामा वास्तविक स्थानीय सरकारको अनुभूति गराउँदछ”, उनले भने । यी दुई स्थान र आसपासका सेवाग्राहीलाई यसअघि वडा नं २ को ताङलिचोक र वडा नं ६ को भुम्लिचोकमा रहेका वडा कार्यालयबाट सेवा लिन धाएरै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

Tags : गण्डकी गाउँपालिका सेवा केन्द्र

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 1 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 10 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 19 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 33 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 26 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 27 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै