सरसफाईमा थप कडा बन्दै वीरगंज महानगर, सचेतना अभियान सँगै पर्चा पम्प्लेट टाँस्न रोक-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १८ भदौ । सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगंज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ ।
जरिबाना मार्फत शहर सर सफाई लाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोल टोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको हो । सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोल टोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिएका छन् ।

नगरलाई सफा स्वच्छ राख्ने नगर प्रमुखको सोच बमोजिम सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङ मार्फत टोल टोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए ।

‘जरिबाना मात्रै नभई नागरिकलाई फोहोर गर्नु हुँदैन भन्ने धारणा वृद्धि गराउन सचेतना गराउने अभियान थालिएको हो,’ उनले भने ‘यो अभियान अन्तर्गत हरेक दिन हामी टोल टोलमा पुगेर नागरिकलाई सचेत गराउने छौँ ।’
यसका साथै महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टाँस्न रोक लगाएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिङ्ग बोर्ड जथाभावी लगाउन रोक लगाएको हो ।

पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेका छन् । तर अब कुनै पनि व्यक्ति वा संघ संस्थाले अनुमति नलिई जथा भावी रुपमा पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । कसैले टाँसेको पाइएमा उसलाई कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताए ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views