दाह स्थानमा प्रहरी चौकी !

बागलुङ । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाह स्थानको सत्तलमा रात बिताइरहेका छन् । जिल्लाको मुख्य प्रवेशद्वार माल ढुङ्गा चेकपोस्टमा खटिएका नौ जना प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ ।

बागलुङ नगरपालिका-१ माल ढुङ्गामा जिल्लामा प्रवेश गर्ने बाक्लो सवारीसाधनको सुरक्षा जाँच तथा सिमानाको संवेदनशीलताको विषयमा यहाँ राखिएका प्रहरीका लागि भवन नहुँदा समस्या भएको हो ।

जनताको सुरक्षामा खटिएको नेपाल प्रहरी पछिल्लो छ महिनादेखि मसानघाटको सत्तलमा आश्रय लिइरहेको छ । यहाँको चौकी १५ मिटर भित्रसम्म सडक खाली गर्ने भनी भत्काइएपछि प्रहरीहरू कालीगण्डकी किनाराको खुदर्के मसानघाटको सत्तलमा आश्रय लिएर बस्दै आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

जिल्लाको प्रवेशद्वारबाट सडक विस्तारको काम थाल्ने योजना अनुरूप प्रहरी चौकीको अस्थायी छाप्रो भत्काइएपछि प्रहरी मसानघाटमा पुगेको उनले जानकारी दिए । यसअघि पनि अस्थायी छाप्रोमा उचित बसोबासको व्यवस्था नहुँदा प्रहरीहरू भुईँमा सुत्ने गरेका थिए ।

“जनताको जीउधन र सवारी सुरक्षामा खटिएका प्रहरी मसानघाटको सत्तलमा रात बिताइरहेका छन् । नौ जना प्रहरी अहिले खुदर्के मसानघाटमा बनाइएको सत्तलमा बसेर प्रवेशद्वारको सुरक्षामा खटिएका छन्, मुख्य नाका भएकाले माल ढुङ्गामा सवारीसाधनको सबै तथ्याङ्क राखिन्छ”, प्रहरी उपरीक्षक कँडेलले भने, “बागलुङ नगरपालिकासहित स्थानीय तहमा भवन निर्माण गर्न बजेट माग गरेका छौँ, हाल चौकी भइरहेको स्थानभन्दा केही तल भवन बनाउन सकिन्छ ।”

प्रहरी चौकीसँगै सूचना केन्द्र बनाउन आवश्यक रहको भन्दै प्रहरी उपरीक्षक कँडेलले सिमानाका भएकाले प्रहरी थप संवेदनशील हुनुपर्ने अवस्थामा उनीहरू असुरक्षित बस्दै आएका बताए । जिल्लामा सुविधा सम्पन्न प्रहरीका भवन बन्ने क्रम रहे पनि प्रवेशद्वारमा खटिने प्रहरी मसानघाटको सत्तलमा बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

व्यवस्थित प्रहरी चौकी निर्माण गर्न बागलुङका १० पालिकाका साथै प्रदेश र स्थानीय सरकारसँग आर्थिक सहयोगको माग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । “प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ प्रहरी र एक जना ट्राफिक प्रहरी खुदुर्के मसानघाटमा मलामी बस्न बनाइएको भवनमा जस्ताले बारेर बस्दै आउनुभएको छ”, उनले भने ।

बागलुङ नगरपालिकाले गत वर्ष माल ढुङ्गा प्रहरी चौकी निर्माण गर्न रु १५ लाख विनियोजन गरे पनि सडक मापदण्डका कारण भवन बनाउन नसकेपछि बजेट ‘फ्रिज’ भएको थियो । जिल्लाको प्रवेशद्वारमा सुविधा सम्पन्न प्रहरी चौकी आवश्यक रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

“जिल्लाको मुख्य प्रवेशद्वारमा खटिएका प्रहरीहरूका लागि चौकी र आवास दुवैको समस्या छ, गत वर्ष भवन बनाउन बजेट विनियोजन भएकामा सडकको मापदण्ड टुङ्गो नलाग्दा समस्या भयो । चालु आवमा रु. १० लाख विनियोजन गरेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “सिमानाकाको सुरक्षामा खटिएका प्रहरी असुरक्षित भएर बस्नुपर्ने अवस्था छ । जिल्लाका अन्य पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ, प्रहरीलाई उचित व्यवस्थापन गर्न समन्वय गरी यथाशीघ्र भवन बनाउने छौँ ।”

प्रहरी चौकी माल ढुङ्गामा सूचना केन्द्र पनि राख्नु आवश्यक देखिएको जनाउँदै नगरप्रमुख श्रेष्ठले जग्गा अभावले समस्या हुनसक्ने बताए । उनका अनुसार माल ढुङ्गा र निसीखोला प्रहरी चौकी जिल्लाको सबैभन्दा दुरवस्थामा रहेका प्रहरी कार्यालय हुन् ।

  • Related Posts

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views