बि.पी. कोइरालाको १११ औँ जन्म जयन्ती बीरगंजमा भव्य रूपमा मनाईयो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ भदौ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको १११ औँ जन्म जयन्ती भव्य रूपमा मनाइएको छ । नेपाली कांग्रेस पर्सा द्वारा जननायक बि.पि.कोइरालाको जन्म जयन्तीको अवसर मा बि.पि. बिचार गोष्टि को आयोजना गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले गरेका थिए। बि.पि. विचार गोष्ठीको रूपमा आयोजित यस कार्यक्रममा नेताहरू कार्यकर्ता  र पार्टी सदस्यहरूको उपस्थिती रहेको थियो ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झाले बि.पी. कोइरालाको जीवन, राजनीतिक संघर्ष, र साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए । उनले बि.पी.को राजनीतिक विचारधाराले नेपालमा प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, उनको साहित्यिक योगदानलाई पनि स्मरण गराए। बि.पी.लाई सृजनशील नेता र समाज सुधारकको रूपमा सम्मान गरिनुपर्नेमा उनले जोड दिए ।

त्यसै गरि बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले बिपीको आदर्श र विचारधाराले आजको समाजलाई सही मार्गदर्शन दिने कुरा व्यक्त गरे। नेपाली कांग्रेसका नेता ओमप्रकाश शर्माले बि.पी.लाई प्रजातान्त्रिक मूल्य र मान्यताका प्रतिकका रूपमा चर्चा गरे ।

यस गोष्ठीमा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, कोषाध्यक्ष प्रेम थापा, सहस चिव नवीन सिंह, मदन यादव, नेता ओमप्रकाश उपाध्याय, श्याम पोख्रेल, शान्ति कार्की, रामरुप कुर्मी, किसान संघ पर्साका अध्यक्ष राजेश तिवारी, महिला संघकी किरण शर्मा, तरुण दलका अध्यक्ष विकास तिवारी, र नेविसंघ पर्साका अध्यक्ष रमेश यादव लगायतको सहभागिता रहेको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महम्मद सद्दाब ले बताएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views