राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा लिभिङ विथ इन्भायोरन्मेन्ट संस्था द्वारा वक्तृत्वकलाको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ३० भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामक संस्था द्वारा “ओजन फर लाइभ” शीर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।सो प्रतियोगितामा वीरगंजका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।

प्रतियोगीहरुले आफ्नो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम ,मानव जीवनमा त्यसको महत्त्व, ओजनको संरक्षणका लागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रुपा गिरी तृतीय भएका थिए । प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा डा. सुष्मा तिवारीले विद्यार्थीले ओजन तहका बारेमा ब्यक्त गरेका बिचारहरु निकै महत्वपूर्ण रहेको बताउनु भयो । विगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरु यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं भन्दै डा. तिवारीले अहिले भाई बहीनीहरु मा ढुक्क सँग बिचारको प्रस्तुती गर्ने कला देखेर खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के. सी. लामिछाने तथा लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रमको संचालन आयुष्मा सर्राफले गरेकी थिइन् । भन्ने कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सहभागिताकोलागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा खालिद रेजा अन्सारी, आशुतोष चौधरी, योगिशा श्रेष्ठ, मुस्कान बरनवाल, सोनी साह कलवार, आकाश साह लगायतले भाग लिएका थिए ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    काठमाडौँ । इरानले अमेरिकासँग वार्ताको सम्भावना भइरहेकै बेला कडा अडान सार्वजनिक गर्दै युद्धक्षेत्रमा नयाँ रणनीति अपनाउने तयारी गरेको जनाएको छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिकाको…

    पहिलो

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 19 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 21 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 19 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 17 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 19 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    • April 21, 2026
    • 21 views
    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम