‘पाटन हेरिटेज जेम एण्ड एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को सुभारम्भ भोलिबाट हुने

मुना न्यौपाने

ललितपुर– ललितपुर रत्न तथा आभूषण संघ तथा रोटरी क्लब अफ पाटन हेरिटेजले आउँदो असोज ११ शुक्रवारदेखि असोज १३ गते आइतवारसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज जेम एण्ड एण्ड ज्वेलरी एक्स्पो–२०२४’ आयोजना गर्ने भएको छ ।

ज्वेलरी व्यवसायको प्रवर्धनका लागि उक्त एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

एक्स्पोमा करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले गरिएको छ । अध्यक्ष महर्जनले एक्स्पोमा राम्रो बिक्रीवितरण हुने विश्वास गर्नुभएको छ ।

एक्पोको लागि सबै तयारी पूरा भएको जानकारी गराउँदै अवलोकनका लागि आउन सबैलाई आयोजकले अनुरोध गरेको छ । यो मन्दीको टाईममा जुन एक्स्पो गर्दैंछौं, यसले व्यापार–व्यवसायमा केही प्रमोट होला कि भन्ने आशा र विश्वासका साथ एक्पो आयोजना गरिएको र यसमा लगभग ५० हजार भन्दा बढी मान्छेहरु आउने आयोजकले अपेक्षा गरेको छ ।

यही असोज ११, १२ र १३ गते हुने जेम एण्ड ज्वलरी एक्स्पोमा पाटन दरबार स्क्वाएर भण्डारखालमा हुने एक्स्पोमा सांस्कृतिक, व्यापारिक, फुड र पर्यटन प्रर्वद्धनात्मक लगायतका गरी २५ वटा स्टल रहनेछन रोटरी क्लब अफ पाटन हेरिटेजकी अध्यक्ष सञ्जु व्यञ्जनकारले बताउनुभयो । साथै उहाँले यो एक्पोबाट स्थानीय कालिगढ, रत्न तथा आभुषण उद्यमी तथा व्यापारिक क्षेत्र यो एक्स्पोबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 61 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views