जेष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर सम्पन्न, आठजनालाई विशेष सम्मान

मुना न्यौपाने

काठमाडौँ, असोज १६ गते । जेष्ठ नागरिकहरूले सहज जीवनयापन गर्न हरेक घरपरिवारले स्वास्थ्योपचारमा समेत विशेष ख्याल पु¥याउनुपर्नेमा समाजसेवी तथा माननीय कल्याणी रिजालले जोड दिनुभयो । उहाँले ३४औँ अन्तर्राष्ट्रिय दिवस २०२४ को अवसर पारी जीवनरेखा समाज ललितपुर तथा भेनस अस्पताल मध्य बानेश्वरले मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।

पुरानोबानेश्वरस्थित सायम कलेज आयोजनामा आयोजना गरिएको उक्त शिविर जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै आँखा, दाँत र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ८० भन्दा बढी स्थानीय जेष्ठ नागरिक लाभान्वित भएका छन् ।

सो अवसरमा जेष्ठ नागरिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुहुने आठजनालाई विशेष सम्मान गरिएको थियो । सम्मानीत हुनेहरूमा प्रा.डा. अच्युत राजभण्डारी, जेष्ठ नागरिक विशेषज्ञ डा. अनन्त अर्याल, कलाकार एवं राष्ट्रिय जेष्ठ नागरिक महासंघका निर्वतमान अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी विश्व उलक,  समाजसेवी मोतिशान्ती शाक्य, समाजसेवी वसन्त श्रेष्ठ, समाजसेवी सकुल बस्नेत र पत्रकार तथा जापानी सूचना केन्द्र, नेपालका संस्थापक/अध्यक्ष मदनकृष्ण सिलवाल हुनुहुन्छ ।

कार्यक्रममा नेवाः गुथि केन्द्रीय उपाध्यक्ष, सुरेश सैजु, लायन्स क्लब अफ काठमाडौँ विशालबजारका अध्यक्ष दिपक सापकोटा, सेव द वल्र्डका संस्थापक अध्यक्ष शिव श्रेष्ठको उपस्थिति रहेको थियो ।

जीवनरेखा समाज ललितपुरका अध्यक्ष समीर जोशीको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सदीक्षा कार्कीले गर्नुभएको थियो । त्यस्तै, लाइफलाइन हेल्थ होमकेयरका निर्देशक प्रज्ञाराज शाक्यद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो ।

जेष्ठ नागरिक र स्वास्थ्यका सन्दर्भमा सम्मानीत व्यक्तित्व प्रा.डा. अच्युत राजभण्डारी, डा. अनन्तराज अर्याल, विश्व उलक, मोतिशान्ति शाक्य, भेनस अस्पतालका प्रबन्ध निर्देशक मनिषा ढकालले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 34 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 36 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 22 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 49 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 97 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 83 views