पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

काठमाडौँ पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो। आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, ‘राति ४० जना आक्रमणकारीहरूले राति (स्थानीय समय १२ः ३० बजे० आधा घण्टासम्म खानीमा गोली चलाएका थिए।’

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताए। ‘आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,’ उनले भने।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा सञ्चालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ। उग्रवादी समूह बलुच लिबरेसन आर्मीले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ।

आतंककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन्। शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो। रासस

  • Related Posts

    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    काठमाडौँ । भेनेजुएलाको राजनीतिक घटनाक्रम फेरि तनावपूर्ण बनेको छ । अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी तथा पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकामा सुपुर्दगी गरिएको छ । एलेक्स साब धनी व्यवसायी…

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…

    पहिलो

    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 20 views
    लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    • May 17, 2026
    • 22 views
    तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    • May 17, 2026
    • 21 views
    मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    • May 17, 2026
    • 25 views
    यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    • May 17, 2026
    • 22 views
    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

    • May 16, 2026
    • 41 views
    विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै