भारतबाट दूध आयातको स्वीकृति नदिन कृषि मन्त्रीसँग अनुरोध

काठमाडौँ । सरकारले भारतबाट दूध आयात खोल्न लागेको खबर सार्वजनिक भएको भन्दै किसानहरूले कृषि मन्त्रीसँग दूध आयात स्वीकृति नदिन अनुरोध गरेका छन् ।

चितवनका दुग्ध किसानहरूले नेपालमा नै दूधको उत्पादन पर्याप्त मात्रामा भएको दाबी गर्दै भारतबाट दूध आयात हुन नदिन अनुरोध गरेका हुन् । कृषि मन्त्री नेपाल नभएको अवस्थामा दूध आयात खोल्न लागेको भन्दै समाचार सार्वजनिक भएपछि उनीहरूले आक्रोश जनाएका थिए ।

चितवनमा मात्रै दैनिक साढे ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । यहाँबाट दैनिक एक लाख ५१ हजार लिटर दूध नेपालकै विभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने, ‘चितवनले मात्रै दूध बिक्रीबाट एक करोड रकम दिनकै भित्र्याउँछौँ । अब दूध उत्पादन बढ्ने समय पनि आइरहेको छ । दूधको आयात बाहिरबाट गर्ने अवस्था आयो भने दुग्ध किसान मर्छन् ।’

उनले किसानको दूधको बक्यौता सरकारले बिस्तारै भुक्तानी दिन थालेकोमा खुसी जनाउँदै दूध आयात रोक्न पनि अनुरोध गरेका थिए । त्यसैगरि नेपाल किसान महासंघ चितवनका अध्यक्ष नीलकण्ठ रिजालले पनि मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै दुग्ध किसानको रकम भुक्तानी र आन्तरिक बजार सुनिश्चित गर्न अनुरोध गरेका थिए ।

दुग्ध किसानसहित अन्य किसानका कुरा सुनेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आफूले भारतबाट दूध निर्यात गर्ने भन्ने कुराबारे केही जानकारी नपाएको दाबी गरेका छन् ।

‘मैले पनि पत्रिकामा समाचार देखेर भारतबाट दूध आयात गर्ने भन्ने सुनेको हो’, मन्त्री अधिकारीले किसानहरूका जिज्ञासाको जवाफ दिँदै भने, ‘म हिजो अस्ति बेलुकी रोमबाट आएको हो । हिजो बिहान बिरामी भेट्न गएँ, पशुपति गएँ । त्यसपछि मन्त्रालयको टेबुलमा आएको पत्रिकामा समाचार देखेँ । प्रधानमन्त्रीलाई भेटेँ । उहाँले समाचार कहाँबाट आयो जानकारी छैन भने । यो मुलुकको कृषि मन्त्रीको जिम्मेवारी निभाएको मान्छे म हुँ । मलाई जानकारी छैन । मैले सम्हालेको मन्त्रालयको तर्फबाट त्यो कमजोरी हुँदैन ।’

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 38 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 28 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-