लैंगीककता र लक्षित वर्गसँग सम्बन्धित सेवालाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउँछौँ : उपप्रमुख डंगोल

काठमाडौँ । लैंगीकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरूलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको वैंकीङकमा यूएन वुमनले आयोजना गरेको दोस्रो एसिया प्यासिफिक केयर फोरममा भाग लिएर स्वदेश फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फोरमपछिको योजनाका विषयमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनलाई प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले र उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौतमले स्वागत गरेका थिए ।

अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्यांक नक्सांकन भएपछि लैंगीकमैत्री सहरी योजना तर्जुमा गर्न र थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ । बुधवारको प्यानलमा कुराकानी गर्दै उनले ‘स्तनपान कक्ष, महिलाका लागि छुट्टै शौचालय, शिशु स्याहार कक्ष, लिंगका आधारमा हुने हिंसा न्यूनीकरणलगायत विषयमा धारणा राख्दै महानगरपालिकाले यसका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिसकेको बताइन् । ‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रूपमा बोल्दै उनले पेसा र व्यवसायमा आबद्ध महिलाहरूको शिशुको केयर, खानपान, औषधि उपचार गर्नु पर्ने ज्येष्ठ नागरिक भएका घरमा त्यस्ता ज्येष्ठ नागरिकको केयर, एउटै भवनमा सेवाका विविधीकरणका फाइदाका विषयमा धारणा राखेकी थिइन् । उनले उदाहरण दिँदै भनिन् ‘सिनेमा घरसँगै शिशु स्याहार केन्द्र भयो भने आमाहरूलाई निर्धक्क सिनेमा हेर्न मिल्छ ।’

अहिलेसम्म चलेका कार्यक्रममा रूपान्तरणको खाँचो देखाउँदै उनले भनिन्, ‘मातृशिशु कार्यक्रम लामो समयदेखि चलिरहेको छ । अहिले शिशु स्याहारमा पुरुषहरू पनि सहभागी हुनुहुन्छ । रातको समयमा शिशु स्नेहका लागि काम गर्नुहुन्छ । उहाँहरूलाई पनि त तालिम दिनुपर्छ नि । अब हामी यसतर्फ कार्यक्रम सोच्छौँ ।’

केयर (हेरचाह) र महिलाहरूको आर्थिक सशक्तीकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी सशक्त बनाउने सकिन्छ ?, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित थिए । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरूको आदानप्रदान भएका थिए । महिला सशक्तीकरणको एसिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रूपान्तरणमा महिलाहरूको आर्थिक सशक्तीकरण, रूपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयलाई फोरममा महत्वका साथ उठाइएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 58 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 123 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views