जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बनाइदिन्छु भन्ने कैलाली गोदावरी नगरपालिका–६ का ३२ वर्षीय तुलाराम बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले कैलालास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरियाबाट बिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बिकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगीसम्बन्धी अनुसन्धान भइरहेको प्रहरील्े जनाएको छ ।

बिक दार्चुलाका इन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाइदिन्छु भनी विश्वास दिलाएर पटक–पटक गरी पाँच लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार भएका थिए ।

  • Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 8 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 21 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 26 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 34 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 27 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार