केराखेतीबाट वार्षिक आठ लाख आम्दानी

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्ट विसं २०७७ देखि कृषि पेसामा लागेका छन् ।

व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका उनले अहिले केरा बिक्रीबाट वार्षिक रु. आठ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । उनले भने, “१७ वर्ष नेपाल प्रहरीको सेवापछि घर फर्किए, अरु व्यापार व्यवसायबाट खासै कमाइ नहुने देखिएपछि कृषि पेसामा लागेको हुँ, डेढ बिघा क्षेत्रफलमा केराखेती सुरु गरेर अहिले वार्षिक रूपमा रु. आठ लाख बढी आम्दानी हुन्छ, मासिक ८०, ९० घरीसम्म केरा बिक्री हुने गरेको छ ।”

केरा बिक्रीका लागि धेरैजसो चक्रघटी, कालाबन्जर, चतरा लगायतका स्थानीय बजार तथा इटहरी, धरान, गाई घाटसम्म पनि पठाउने गरेको लैजाने गरेको उनी बताउँछन् । एक घरी केरा रु. ४०० देखि ६०० सम्ममा बिक्री हुने गरेको उनले बताए ।

सुरुमा धान, मकै, कोदोको खेती गर्ने उनी पछिल्लो समय केराखेती तिर आकर्षित भएको विष्टले बताए । अहिले उनले भएको सबै आफ्नो जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फुल र तोरी लगाएका छन् ।

उनले भने “कृषि पेसामा सुरुमा केही दुःख गर्नुपरे पनि पछि आरामले कमाइ गर्न सकिन्छ, कृषि पेसा भनेको आफैँ मालिक आफैँ कर्मचारी हो, घरमा कहिलेकाहीँ घर खर्च तार्न खाँचो हुँदा अरूसँग ऋण माग्न जानुपर्दैन, तीन/चार घरी केरा बजार लगेर बेच्दा घर खर्च मज्जाले टार्न सकिन्छ ।” उनले अहिले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन किसिमका केरा लगाएका छन् ।

सुनसरीमा हाल पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । उनले भने “सुनसरीमा केराखेतीको उत्पादन राम्रै छ, तर गत असोजमा आएको बाढीले ३८ दशमलव २५ हेक्टरभन्दा बढी केराखेती नष्ट गर्दा रु. ३७ लाख बढीको क्षति भएको छ ।”

पछिल्लो समय केराखेतीबाट राम्रो आम्दानीसँगै उत्पादन राम्रो हुन थालेपछि यहाँका किसानले धेरै जसो केराखेती गर्न थालेको सूचना अधिकृत श्रेष्ठको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार अहिले सुनसरीमा झप्री, मालभोक, मुंगे, मर्चे चिनियाँ चम्पा, कृष्णभोग, हाइब्रिड प्रजातिका केरा अत्यधिक उत्पादन हुने गरेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 45 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views