सन् २०२४ मा युद्धका क्रममा २८१ सहायताकर्मीको मृत्यु

जेनेभा । सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले शुक्रबार बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपत्कालीन राहत संयोजक टम फ्लेचरले भने, ‘मानवीय सहायताकर्मीहरू अकल्पनीय दरमा मारिएका छन्, उनीहरूको साहस र मानवतालाई गोली र बमको निशाना बनाइएको छ ।’

सन् २०२३ मा ३३ देशमा २८० जना मानवीय सहायताकर्मीको मृत्यु भएको थियो तर सन् २०२४ सकिन करिब एक महिना बाँकी रहँदा २८१ मानवीय सहायताकर्मीको मृत्यु भइसकेको छ । फ्लेचरले भने, ‘यो हिंसा सहायता अभियानका लागि अकल्पनीय र विनाशकारी छ ।’

‘द्वन्द्वरत राष्ट्र र पक्षहरूले मानवताको रक्षा गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ, यस्ता हिंसात्मक घटनाका लागि जिम्मेवारहरूलाई कारबाही गर्नुपर्छ र दण्डहीनताको युगको लागि आह्वान गर्नुपर्दछ ।’

गाजामा इजरायलको विनाशकारी युद्धका कारण सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएका तीन जना सहायताकर्मीको मृत्यु भएको उहाँको कार्यालयले जनाएको छ ।

यसैबीच, ओसीएचएका प्रवक्ता जेन्स लार्र्कले जेनेभामा पत्रकारसँग कुरा गर्दै युएनआरडब्लुएका २४३ जना कर्मचारीको मृत्यु भएको बताए । गाजाबाहेक अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र युक्रेनलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, चोटपटक, उत्पीडन र स्वेच्छाचारी रूपले हिरासतमा राखिएको एजेन्सीले जनाएको छ ।

फ्लेचरको कार्यालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मृत्यु हुनेमा अधिकांश गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घका निकाय र रेडक्रसको रेड क्रिसेन्ट अभियानमा कार्यरत स्थानीय कर्मचारी रहेका छन् ।

‘मानवीय सहायताकर्मीहरूविरुद्ध हुने हिंसा द्वन्द्वग्रस्त क्षेत्रमा सर्वसाधारणलाई हानि पुर्‍याउने व्यापक प्रवृत्तिको एक हिस्सा हो,’ विज्ञप्तिमा भनिएको छ ।

फ्लेचरले भने, ‘सन् २०२३ मा १४ वटा देशका सशस्त्र द्वन्द्वमा ३३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो । यो सन् २०२२ को तुलनामा ७२ प्रतिशतले बढी हो ।’ ओसीएचएका प्रवक्ता लार्र्कले मानवीय सहयोगका लागि खटिने व्यक्तिको हत्याको उच्च सङ्ख्या हुनुले आफूलाई विचलित बनाएको बताए ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत मे महिनामा सहायताकर्मीहरूविरुद्ध बढ्दो हिंसा र धम्कीको प्रतिक्रियास्वरूप एक प्रस्ताव पारित गरेको थियो ।

अर्को हप्ता हुने परिषद्को बैठकमा प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घका प्रमुखसँग यस्ता घटनाको नियन्त्रण र प्रतिकार्यका उपाय तथा मानवीय कर्मचारीको सुरक्षा र दुर्व्यवहारका लागि जबाफदेहिता बढाउने उपायका बारेमा सुझाव माग गरिएको छ ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 46 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 121 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 139 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views