मधुमेह तथा उच्च रक्तचाप सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न

विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, मंसिर २२ गते शनिवार । काठमाडौँ महानगरपालिका वडा नं.–७ का वडा अध्यक्ष विमलकुमार होडाले यस वडा बासीहरूलाई स्वास्थ्य प्रति विशेष सजक र सचेत हुन आग्रह गर्नुभयो । शनिवार काठमाडौँ महानगरपालिका वडा नं.–७ को शहरी स्वाथ्य प्रवर्धन केन्द्र शहीद स्मृति सामुदायिक भवन मैजुबहालमा आयोजित मधुमेह उच्च रक्तचाप सम्बन्धी सचेतना कार्यक्रमका अवसरमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

का.म.पा. वडा नं.–७ शहरी स्वास्थ्य प्रवर्धन केन्द्र मैजुबहाल र सामुदायिक सेवा समाज मैजुबहालको संयुक्त आयोजना तथा लाइन्स क्लब अफ इन्टरनेशन, लियो क्लब अफ काठमाडौँ कोहिनुरको सहकार्यमा आयोजना गरिएको थियो । साथै, उक्त कार्यक्रममा याकोन नेपाल, अर्थिअर प्युरेली हिमालयन, र मिताहारा फूड हेल्थ न्यूटरिटन संस्थाहरूले समेत सहयोग गरेका थिए ।

त्यस्तै, का.म.पा. वडा नं.–७ शहरी स्वास्थ्य प्रवर्धन केन्द्रकी स्वास्थ्य प्रमुख मेडिकल अधिकृत सुभाषिनी कर्माचार्य, मेडिकल अधिकृत डा.अरमेन्द्र गुप्ता, अनमी प्रमिला पौडेल, अहेव पाण्डव बस्नेत, ल्याब टेक्निसियन सध्या कार्की, स्टाफ नर्स रानु निरौला, महिला स्वयंमसेविकाहरू अनिता भट्टराइ र विमला खनाल लगायतले रक्तपरीक्षण कार्यक्रममा सहयोग गर्नुका साथै स्वास्थ्य सचेतना कार्यक्रममा समेत सहजिकरण भूमिका निर्वाह गर्नुभएको थियो । उक्त कार्यक्रममा १४६ जनाको मधुमेह परीक्षण गरिएको थियो ।

यस बृहत कार्यक्रम सम्पन्न गर्नका लागि सामुदायिक सेवा समाजका अध्यक्षःशिवराम अर्याल, त्यस्तै, सामुदायिक सेवा समाजकी वरिष्ठ उपाध्यक्षःविनु खत्री क्षेत्री, उपाध्यक्षः डम्बरु बल्लभ घिमिरे, स्थानीय वडा नं.–७ विपत् व्यवस्थापन समितिका संयोजकः मोतिलाल उदास, मैजुबहाल कल्याणकारी गुठी तथा कुमारी मन्दिर संरक्षण समितिका संयोजकःहरिभक्त महर्जन, लाइफलाइन हेल्थ होम केयर, पुल्चोकका निर्देशकःसमिर जोशी, समाजसेवीःअरुणसिंह बस्नेत, समाजसेवीःअर्चना कार्की रायमाझी, समाजसेवीः गीता मानन्धर, समाजसेवीःशुभम् महर्जनको विशेष भूमिका रहेको थियो ।

सोही अवसरमा डाइटिसियर डा.आस्था कार्कीले उमेर ढल्कदै गरेका मानिसहरूले आफ्नो खानपान र आहार व्यवहार सुधार गर्नुपर्ने भन्दै श्रव्य दृश्य मार्फत सचेतना मूलक परामर्श दिनुभयो । साथै सो अवसरमा  सुगर परीक्षण, चिकित्सा परामर्श, आहार–विहार, आचरण सम्बन्धी परामर्श दिनुका साथै रोमाञ्चक खेलहरू सहितको गतिविधि समावेश गरिएको थियो ।

उक्त कार्यक्रमको व्यवस्थापकीय भूमिका लियो क्लब अफ काठमाडौँ कोहिनुरका अध्यक्षःअरमा श्रेष्ठ, उपाध्यक्षःप्राप्ती श्रेष्ठ, सचिवःअनमोल पन्त, कोषाध्यक्षःऋषिता श्रेष्ठ लगायत १३ जनाको संयुक्त सहभागिता रहेको थियो । साथै कार्यक्रमको व्यवस्थापन लियो नष्मिता रायमाझीले गर्नुभएको थियो । यस शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा दैनिक निःशुल्क रूपमा स्वास्थ्य परीक्षण, निःशुल्क ल्याव टेष्ट, निःशुल्क औषधी वितरण, निःशुल्क परिवार नियोजन सम्बन्धी सेवा, खोप तथा पोषण सम्बन्धी निःशुल्क सेवा दिनुका साथै निःशुल्क फिजियोथेरापी सेवा समेत दैनिक निरन्तर रूपमा सेवा प्रदान गरिँदै आएको कुरा का.म.पा.वडा नं.–७ शहरी स्वास्थ्य प्रवर्धन केन्द्रकी मेडिकल अधिकृत स्वास्थ्य प्रमुख सुभाषिनी कर्माचार्यले बताउनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 9 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि