मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना १५ दिनभित्र हटाउन महानगरको अपिल-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०५ माघ । वीरगंज महानगरपालिका वडा नं. १२ र १३ को साँधमा पर्ने मुर्ली चोक देखि पूर्व तर्फ जाने सडक स्तरोन्नती गर्न भन्दै महानगरपालिकाले एक सूचना जारी गरेको छ । सडक स्तरोन्नती गरी १० मिटर फराकिलो बनाउने गरी निर्माण कार्य गर्नु पर्ने भएकाले सडकको केन्द्र बाट दायाँ-बायाँ ५/५ मिटर भित्र निर्माण भएका संरचना हटाउन महानगरले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बाटो साँघुरो हुँदा विपतका बेला एम्बुलेन्स तथा दमकल समेत ओहोरदोहोर गर्न समस्या भएको भन्दै सडक स्तरोन्नती गरी फराकिलो बनाउन स्थानीयले पटक पटक माँग गर्दै आएका छन् । सडक छेउमा बनाइएका संरचना अनुमति बेगर नै बनेकाले आफैले हटाएर सडक स्तरोन्नतीका लागि सहयोग गर्न महानगरपालिकाले सबैमा अपिल गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा १५ दिन भित्र सडक छेउमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाइ सक्न भनिएको छ ।

‘उक्त बाटोको साँधमा पर्ने जग्गा धनिहरु बाट प्रमाण पेश हुन आउँदा नक्सा पास नगराई संरचनाहरु अवैध रुपमा निर्माणहरु गरिएको देखिएको र सो बाँकी रहेको बाटो बिस्तार नहुँदा आवत जावत गर्न, विपतको बेलामा एम्बुलेन्स, दमकल आउन जान समेत समस्या परेको हुँदा उक्त टोल बासीको गुनासो आई राखेकोले सो सडकको केन्द्रबाट ५/५ मिटर दायाँ बायाँ गरि जम्मा १० मिटर भित्र पर्ने नक्सा पास नगरी अवैध रुपमा निमार्ण भएका भवनहरु (संरचनाहरु) यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र खाली गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

मुर्ली चोकदेखि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बाइपास निस्कने उक्त बाटो मध्ये चोक तर्फ बाट सबाह अन्सारीको घर सम्म साँघुरो छ । त्यस पछि बाइपास सम्म भने यस अघि नै निर्माण भइसकेको छ । मुर्ली चोक देखि सबाह अन्सारीको घरसम्मको सडक स्तरोन्नतीका लागि महानगरले शुक्रबार सूचना जारी गर्दै १५ दिन भित्र सडकको साँधमा निर्माण गरिएका संरचना हटाई सडक फराकिलो बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, १२ असार । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ…

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. श्रीसिया ले बिहीबार वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया सीमा ईलाकाबाट भारत बाट अवैध रुपमा…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 111 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 110 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 86 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 109 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 73 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 98 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-