‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य छैन- महासचिव दाहाल

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य नहुने कुरामा वक्ताहरूले जोड़ दिनु भएको छ ।

नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनमा निर्वाचित राष्ट्रिय परिषद सदस्य एवं प्रदेश परिषद सदस्यहरूलाई प्रमाण पत्र हस्तान्तरण गर्न आयोजित समारोहमा वक्ताहरूले त्यस्तो जोड़ दिनु भएको हो ।

समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव राम प्रसाद दाहालले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताउनु भयो ।

प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको भन्नु हुँदै महासचिव दाहालले लोकतान्त्रिक समाजमा सामाजिक सञ्जाल सूचना तथा अभिव्यक्ति आदान-प्रदानको महत्वपूर्ण माध्यम रहेको भएपनि यसलाई कठोर नियन्त्रणमा ल्याउने प्रयास प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमणको संकेत रहेको बताउनु भयो ।

महासचिव दाहालले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै विधेयक फिर्ता लिन आग्रह गर्दै विधेयकलाई संशोधन तथा परिमार्जन गरी पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाज तथा सरोकारवालासँग छलफल नगरी बिधेयक ल्याईए नागरिक अगुवा संस्थाको रुपमा रहेको पत्रकार महासंघ मौन नबस्ने चेतवानी समेत दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीले पत्रकार तथा संचारमाध्यमले आचारसंहिताको अधिनमा रहि नागरिकको आवाजलाई सशक्त ढंगले राख्न पर्ने बताउनु भयो । स्वतन्त्रताको नाममा कसैले कसैको चरित्रहत्या गर्न नमिल्ने कुरामा पत्रकारहरू सचेत हुनु पर्ने आवश्यक रहेको भए पनि सरकारले ल्याएको विधेयक नागरिकको मौलिक हक, प्रश्न गर्ने अधिकार, बोल्न पाउनु पर्ने अधिकारमाथि बन्देज लगाउन खोजेकोले तत्काल सच्याउनु पर्ने कुरामा जोड़ दिनु भयो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य मनुका कुंवर, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्य समेतको सहभागितातामा भएको सो समारोहमा नेपाल पत्रकार मञ्चबाट नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित मदन कुमार श्रेष्ठ, ओमबन्धु कार्की, रमेश प्रसाद घिमिरे एवं प्रदेश परिषद सदस्यमा निर्वाचित घनश्याम श्रेष्ठ, गीता थापा, सुषमा देवकोटा, मुकुन्द लामिछाने, शिरोमणि दवाड़ी, सुशीला ढकाल, शिव बल्लभ रेग्मी, शेषमणी शर्मा, गौरव पोखरेल, केशव कुमार बस्नेत र कुमार भण्डारीलाई केन्द्रिय महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।

नेपाल पत्रकार मञ्चका केन्द्रिय उपाध्यक्ष चन्द्रमणि भट्टराईले स्वागत मन्तव्य एवं केन्द्रिय महासचिव विमल थापाले संचालन गर्नु भएको सो समारोहमा नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति कोषाध्यक्ष राजेन्द्र प्रजापति, सदस्यद्वय सन्तोष मिश्र एवं सुवास पौडेललगायत विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक…

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. भिखमपुर ले मंगलबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, पाण्डेपुर स्थित सीमा ईलाकामा भारतबाट…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 81 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 74 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 84 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-